तीन बर्षमा थुप्रै व्यवसायीकाे मन जित्दै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

बाहिरबाट हेर्दा निक्कै आकर्षक र धेरै लाभ हुने व्यवसायका रुपमा देखिने सुनचाँदी व्यवसायभित्र धेरै विकराल समस्या रहेको सरोकारवालाहरुले बताएका छन । प्रशासनको हेर्ने दृष्किोट समेत नकारात्मक भईदिदा धेरै व्यवसायीहरुले राज्यपक्षबाट नै प्राताडित हुनुपरेको छ । शनिवार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको तेस्रो साधारण सभामा बोल्दै अध्यक्ष गणेशप्रसाद लकान्द्रीले व्यवसायीले विना गल्ती झुटो मुद्दा खेप्नुपरेको र प्रशासनको अनावश्यक दुःख र सास्ती खेप्नुपरिरहेको उल्लेख गर्नुभयो । यसैगरी कच्चा पदार्थको अभाव, नेपाल राष्ट्र बैंकको सूचिमा सुनचाँदी व्यवसायीको नाम उल्लेख नहुने लगायतका कारणले अझै कष्ट खेप्नुपरेको प्रष्ट पार्नुभयो । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष लकान्द्रीले भन्नुभयाे “स्थापनाकालदेखि नै व्यवसायीहरुका समस्या र तिनको सहज समाधानका लागि क्रियाशिल रहदै आएको यस मञ्चले यस व्यवसायमा आवश्यक कच्चा पदार्थको सहज उपलब्धताका सन्दर्भमा चासो, चिन्ता र चिन्तन गर्दै आएरहको छ । साना वा ठुला धनी वा गरिब जुनसुकै फर्म, कम्पनी वा पसल सञ्चालकको माग अनुसारको बैधानिक निकायबाट सर्वसुलभ रुपमा आवश्यक कच्चा पदार्थ प्राप्त गर्नुपर्छ भन्ने विषयमा मञ्चले जोडदार माग उठाउदै आएको छ ।”
सुनचाँदी गहना निर्माण गर्ने पेशा पुख्यौली पेशा भएकाले यसको पुस्तादर, पुस्ता हस्तान्तरण पनि महत्वपूर्ण पाटो भएको र गहना निर्माण गर्ने परम्परागत सीप र पेशालाई दिगो बनाउनु तथा यसलाई सहज ढंगबाट ग्रहण गर्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको पुस्ताको कत्यव्र्य भएको समेत सरोकारवालाहरुको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो क्षेत्र तथा सरकारको तर्फबाट हुने कानुनी कुराहरु तथा आवश्यक वातावरणमा सुधार गर्न आफु प्रतिबद्ध रहेको समेत प्रष्ट पार्नुभयो ।
कार्यक्रममा मञ्चको आर्थिक बर्ष २०७५/०७६ को कार्य प्रगतिबारे समेत जानकारी गराइएको थियो । २०७३ साल जेठ महिनाको २९ गते संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति गठन भई स्थापना भएको मञ्चले छोटो अवधिमा उल्लेखनीय कार्य गरेको र व्यवसायीलार्य व्यवसायमा मात्र नभएर सामाजिक वन्नका लागि मञ्चले विशेष भूमिका निर्वाह गरेको कुरा पनि प्रस्तुत गरिएको थियो । यसैगरी बर्षाैदेखि समस्या नै समस्यामा पिल्सिदै आएका व्यवसायीलाई व्यवसायमा आइपर्ने समस्या मेरो होइन हाम्रो हो भन्ने भावना जागृत गराउदै समय समयमा सुसुचित गराउने तथा सचेतनामूलक कार्यक्रम, गोष्ठि, प्रशिक्षणमूलक कार्यक्रम समेत गराउदै आएको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
व्यवसायको सञ्जाललाई फराकिलो बनाउदैँ व्यवसायीहरुको समस्यालाई संस्थागत गर्ने र समाधान गर्ने उद्देश्यसहित अगाडी बढेको मञ्च २०७५ साल साउन २ गते नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट सदस्यता लिई व्यवसायिक हितमा आफ्नो क्रियाशिलता बढाएको छ । सस्थाले मञ्चमा सदस्यहरुको संख्या बृद्धि गर्ने उद्देश्य सहित शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिदै आइरहेको छ । पछिल्लो एक बर्षमा मञ्चमा नयाँ सदस्यहरुको संख्या झण्डै १ सय ५० पुगेको छ । सस्थामा नयाँ नयाँ सदस्यहरुलाई प्रवेश गराउने अभियान जारि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्