कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटियाे

देबराज पाध्याय
बाजुरा १७ पाैष

हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटिएको छ । चार जना मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने सवारी तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर रहेका छन्, एकजनाको पहिचान नभएको प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् ।
स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकि छन् । उनको शब खोजिरहेको प्रहरीले जनाएको छ । घाइते चार जनाको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने २० बर्षका गोम्चो लामा, सोही ठाँउका २१ बर्षका तोर्च लामा, बुढिन्नदा ६ बस्ने २२ बर्षकि सरु विक र उनकी २ बर्षकि छोरी रहेकि छन् । तोर्च र सरुको अबस्था निकै गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि कोहलपुर लिनका लागि हेलिकेप्टरको कुरा भइरहेको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिञ्जबि शाहिले वताएका छन् । खराब मौसम भएकाले हेलिकप्टर उडन नसकेको उनले वताए ।
से १ ज १०६४ नम्बरको जीप दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जीप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । सडक बाट ५ सय मिटर भिर बाट नदिमा खसेकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्