राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न सरकारकाे निर्देशन

सरकारले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयहरुलाई सो निर्देशन दिएको हो । लोक सेवा आयोगले स्थानीय तहका लागि माग गरेको कर्मचारी सिफारिस हुने क्रम यथावत् रहेको अवस्थामा थप कर्मचारी माग गर्दा आवश्यकताभन्दा बढी कर्मचारी पूर्ति हुने भएकाले तत्काललाई पदपूर्तिसम्बन्धी माग नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । अर्को व्यवस्थापन नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरुको पद रिक्त भए पनि हाललाई माग आकृति फाराम भरेर नपठाउन परिपत्रमा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्