सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

FILE PHOTO

भारतले गरेको सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयलाई उठान गर्दै बिहीवारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सरिता प्रसाईंको समर्थनमा दर्ता भएको प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न निर्देशन दिन आग्रह गरिएको छ । यस्तै नेपाली कांग्रेसले अभूतपूर्व राष्ट्रिय एकता हुँदा पनि सरकारले उचित पहल गर्न नसकेको आरोप लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्