बाजुरामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु

बाजुरामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जीप धनी रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो । घाइते ४ जनाको उपचार भइरहेको र एकजना नदीमा हराइरहेको भन्ने खबर प्रहरीले दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्