उच्च हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

 

मौसम परिवर्तन भएसँगै दार्चुला, बैतडी, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । दार्चुलाको खण्डेश्वरी, घुसा, व्याँस र बैतडीको खोड्पे, अनारखोली, सिगासधुरा त्यसैगरी डडेल्धुराको स्याउले, साहुखर्क, भातकाडा, लगायतका क्षेत्रमा फेरि हिमपात भएको हो । मंसिरमा भएको भारी हिमपातपछिको यो दोस्रो हिमपात हो । बुधबार रातीदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएसँगै यातायातका साधन आवतजावतमा समेत कठिनाई भएको छ तर यातायातका साधन आवतजावत भने भइरहेको स्थानीयले बताएका छन । पहाडी क्षेत्रमा औषधि आपूर्तिका लागि स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारीहरुले निर्देशन दिइसकेको छ । राति चलेको हावाहुरीले बैतडीमा विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्