जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्वको ध्यानाकर्षण गराइने : प्रम

इन्दु धामी, काठमाडौं –  नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्वको ध्यानाकर्षण गराइने बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानतासहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भन्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनले हिमालको सौन्दर्य बिग्रिएको र यसबारे विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण विश्वकै चुनौती भएको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्