नेपाली भूमिबाट भारतीय सेना हटाउन पूर्व प्रधानमन्त्री नेपालकाे आग्रह

FILE PHOTO

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ । हेटौँडामा आयोजित एक कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कालापानी नेपालको रहेकोले त्यस क्षेत्रमा रहेका भारतीय सेना हटाउनका लागि आग्रह गर्नुभयो । नेपाल भारत सीमाका ७० प्रतिशत पिल्लर मात्र बाँकी रहेको बताउँदै यो समस्याको निकास खोज्नुपर्ने बताउनुभयो । पूर्व एमाले र माओवादी एकतालाई मिलाउन केन्द्र र जिल्ला कमिटीको संख्या ठूलो भएको उनले स्पष्ट पार्दै नेता नेपालले अब पार्टीमा प्रतिस्पर्धा गरेर कमिटीमा स्थान बनाउनु पर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्