डान्सबारबाट युवती सहित पक्राउ भन्ने समाचारप्रति आपत्ती, समाचार साँचो भए राजिनामा दिन तयार छु : मेयर धामी

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लु डान्स बारबाट युवती सहित पक्राउ परेको भन्ने समाचारप्रति मेयर धामीले आपत्ति जनाएका छन । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर धामीले विभिन्न शिर्षकमा आफ्नो चरित्र हत्या हुने गरी विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाशित गरेका समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन । उक्त समाचारका शीर्षक सम्बन्धमा विज्ञप्ती मार्फत स्पष्टीकरण दिदै मेयर धामीले मिति २०७६ साल पुस १३ गते राती महेन्द्रनगर बजार स्थित गल्ली नं. ३ मा आफ्ना साथीहरु र अपरिचित व्यक्तिहरुविचमा झगडा भए पश्चात आफुलाई साथीहरुले खबर गर्दा आफ्नो घरबाट उक्त घटना भएको ठाउँसम्म पुगेको प्रष्ट्याएका छन ।

उक्त समयमा आफु त्यहाँ पुग्दा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोली त्यहाँ पुगिसकेको र वडा प्रहरीको टीम आफुभन्दा पछि पुगेको व्यहोरा प्रेस विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । साथै विभिन्न माध्यमबाट सम्प्रेषण गरेका विभिन्न समाचारको विषयमा आफु त्यो डान्सबार थाहा भएको नत उक्त ठाउँमा गएको उल्लेख गरेका छन । कुनै पनि खालको समाज विरोधी कार्य नगरेको समेत विज्ञप्ती मार्फत प्रष्ट्याएका छन । साथै घटनाको सत्यतथ्य अध्ययन नगरी समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई अपिल समेत गर्नुभएको छ । नेपाली कांग्रेसबाट दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा निर्वाचित मेयर धामी कञ्चनपुरमा समेत अस्थायी घर भइ बस्दै आएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्