यसरी हुदैछ नेपाल भ्रमण बर्षकाे सुरुवात

भ्रमण वर्षको सुरुवात भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको उपस्थिति रहनेछ । उद्घाटन कार्यक्रममा विभिन्न नगरपालिका र पर्यटन व्यवसायी ब्यानरसहित उपस्थित हुनेछन् । विभिन्न ३५ देशका अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका पत्रकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालको कूटनीतिक उपस्थिति भएका विभिन्न देशमा भने जनवरी ७ मा औपचारिक उद्घाटन कार्यक्रमको तयारी छ ।
उद्घाटन कार्यक्रममा नेपालको ऐतिहासिक र सांस्कृतिक विविधता झल्कने किसिमका प्रस्तुति रहनेछन् । भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक पनि सोही कार्यक्रममा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्