जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन् ।

चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वा्चित भए ।

पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शंकरले ५५२ मत प्राप्त गरे।

अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत मात्रै ल्याएका छन्।

कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो।

कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वा्चित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धामा उत्रिएका थिए।

उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी भए।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो।

महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्।

नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा छ। (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्