लकडाउनले शिक्षा क्षेत्रमा देखाएका सफल पक्षहरू

मोहन बहादुर बोहरा

नेपालमा करिब चार महिनादेखि कोरोनाको प्रभाव कायमै छ । अझै पनि लकडाउन पुर्ण रुपमा खुलेको अवस्था छैन यसले सबै क्षेत्र शिक्षा स्वास्थ अर्थतन्त्र लाई प्रत्यक्ष असर त पार्‍याे तर पनि शिक्षा क्षेत्रमा अब हामिले हिड्नु पर्ने मार्ग दर्शन पनि देखाएको छ भन्ने मलाइ लागिरहेको छ।

पहिला हामिलाइ भर्चुअल कक्षा, अनलाइन कक्षा, जुम मिटङको त्यति प्रभाव थिएन तर अहिले आएर यसको नेपालमा विभिन्न तालिम, गोष्ठी, सेमिनार, पढाई तथा प्रवेश परिक्षा पनि अनलाइन बाट सुरु भैसक्यो यो पनि एउटा बैकल्पिक शिक्षा लाई बृहत परिचालन गर्ने महत्त्वपूर्ण पक्ष हो।

यो बर्ष एसईई, कक्षाा ११ र १२ को परिक्षा रद्द भयो त्यो कुरा सबैलाई अवगत नै छ। माध्यमिक तह सम्मको अधिकार स्थानीय तहमा गैसकेको भएपनि यसको क्षेत्राधिकार अझै केन्द्र सरकारले नै कायम राखेको छ । तर अबका दिनमा  कक्षा १२ बाहेक एसईई र ११ को  परीक्षाको जिम्मा प्रदेश तथा स्थानीय तहले नै गर्दा कसो होला। यद्यपि यो वर्ष एसईईको मुल्याङ्कन सम्बन्धित विद्यालयले नै गर्ने र कक्षा ११ को पनि सम्बन्धित विद्यालयले गर्ने सरकारले निर्णय गरिसकेको छ । तर कक्षा १२ अन्तिम परीक्षाको मुल्याङ्कन बारे निर्णय अझै हुन सकेको छैन ।

अर्को कुरा पहिला शैक्षिक सत्र बैशाखमा र आर्थिक बर्ष साउन बाट सुरु हुने हुदा यो पाली देखि शैक्षिक सत्र पनि साउन बाट नै सुरु गर्दा कसो होला यद्यपि विभिन्न अप्ठ्यारो अवस्था हरुलाइ सहजीकरण गरेर लैजादा उचित होला कि?? अन्तमा यो कोरोना महामारी बाट हामी सबैलाई प्रत्यक्ष असर परेकोले यसबाट जाेगिन भाैतिक दुरि, मास्क, स्यानिटाइजर को प्रयोग गरौ र सबैभन्दा उपयुक्त आत्मबल बढाउ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्