काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति एकता व्यापार संघले दुःख व्यक्त गरेको छ। संघले बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।
बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा संघले भदौ २२ गते सोमबार बिहान ८ः३० बजे काठमाडौंको विशाल बजारस्थित जुद्ध शालिकमा शोकसभा आयोजना गर्ने भएको छ। संघका अध्यक्ष तेज प्रसाद आचार्यले शोकसभामा सम्पूर्ण व्यवसायी, शुभचिन्तक तथा सरोकारवाला महानुभावहरूलाई उपस्थित भई मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेका छन्।
संघले विपद्को यस दुःखद् घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ।



