काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पोखरा-मुस्ताङ भ्रमण निजी भएको जनाएको छ। सिंहदरबारमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाहको भ्रमण निजी रहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाह आज काठमाडौंहँुदै सडकमार्गबाट पोखरा पुगेका छन्। पोखराबाट उनी मुस्ताङ जाने कार्यक्रमसमेत रहेको बताइएको छ।
पोखरा भ्रमणका क्रममा प्रधानमन्त्री शाह आज माछापुच्छ्रे गाउँपालिका-६ स्थित एक रिसोर्टमा बस्ने तय भएको छ। प्रधानमन्त्री कार्यालयले भ्रमण निजी रहेको स्पष्ट पारेसँगै उक्त भ्रमणमा सरकारी कार्यक्रम तथा औपचारिक भेटघाट नरहेको जनाएको छ।



