बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे छलफलमा सांसद तामाङ र जनप्रतिनिधिबीच चर्काचर्की

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल गर्न आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित बञ्चरेडाँडा प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग फोहोर व्यवस्थापनको विषयमा छलफल आयोजना गरेका थिए। छलफलमा सांसद तामाङ पनि सहभागी थिइन्।

छलफलका क्रममा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने विषयलाई लिएर सांसद तामाङ र जनप्रतिनिधिबीच भनाभन भएको थियो। विवाद चर्किएपछि सांसद तामाङले बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै छलफल नै छाडेर हिँडेकी छन्।

बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको भए पनि स्थानीय बासिन्दा तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिले लामो समयदेखि फोहोर व्यवस्थापनसँगै स्थानीय समस्या समाधान र पूर्वाधार विकासका विषयमा सरकारसँग विभिन्न माग राख्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्