आजदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नयाँ नोटको आकार, रङ्ग तथा समग्र डिजाइन भने साविककै कायम राखिएको छ।

नयाँ नोटको अग्रभागमा विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल को चित्र राखिएको छ। साथै लालीगुराँसको पानीछाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्शमार्फत दर पहिचान गर्न सक्ने दुई वटा काला थोप्ला पनि समावेश गरिएको छ।

नोटमा थप सुरक्षण सुविधासमेत राखिएको छ। सगरमाथाको दायाँपट्टि रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङमा देखिने व्यवस्था गरिएको छ। त्यस्तै सुरक्षण धागो पनि सिधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो देखिने विशेषता रहेको छ।

नोटको पृष्ठभागमा पाटेबाघ को चित्र अंकित गरिएको छ। यसले नेपालको जैविक विविधता र वन्यजन्तु संरक्षणको पहिचान झल्काउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ ५०० रुपैयाँको नोटमा हालका गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहेको छ। नयाँ नोट चलनचल्तीमा आए पनि पुराना ५०० रुपैयाँका नोटहरू कानुनी रूपमा यथावत् प्रचलनमा रहनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्