प्रतिनिधि सभामा आजदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ- प्रतिनिधिसभाको हिजोको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा विभिन्न मन्त्रालय तथा संवैधानिक निकायका बजेट शीर्षकमाथि सांसदहरूले धारणा राख्नुभएको छ। यसैगरी आज ११ बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल भएको थियो। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिसमेत सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।

छलफलमा सांसदहरू नितिमा भण्डारी (कार्की), पुकार बम, राम लामा, बदनकुमार भण्डारी, अङ्किता ठाकुर, बुद्धिप्रसाद पन्त, धनेन्द्र कार्की, सुशान्त वैदिक, सुलभ खरेल तथा स्मृति सेन्चुरीले मन्त्रालयगत बजेट, नीति तथा कार्यक्रमका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य मङ्गलप्रसाद गुप्ता को निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्