काठमाडौं – कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।
‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ समितिमा सहभागि एक मन्त्रीले भने ।