रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न जादैँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन्। निकट स्रोतका अनुसार लामिछाने केहीबेरपछि प्रधानमन्त्री कार्कीसँग भेटका लागि बालुवाटार प्रस्थान गर्ने कार्यक्रम...

रास्वपा सभापति लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय, चुनाव बिथोल्न सपना नदेख्नु भन्ने प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएका छन्। अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने आजदेखि औपचारिक रूपमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका हुन्। शुक्रबार...

मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित

  जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित हुनुभएको छ । आज सम्पन्न मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार...

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ बाट उम्मेदवार सिफारिस

झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने भएका छन्। पार्टीको...

डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाने

काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दै छन्। जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेयता उनको यो पहिलो औपचारिक भारत भ्रमण हो। भारत बसाइका क्रममा डा....

मधेश प्रदेश सभामा आज नयाँ सभामुख चयनका लागि निर्वाचन हुदैँ

काठमाडौँ — मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। पदअनुकूलको आचरण नगरेको आरोपमा सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट...

पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने ईश्वर पोखरेल समूहको चेतावनी

काठमाडौँ — नेकपा (एमाले) का नेता ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपातपूर्ण व्यवहार देखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ। बबरमहलमा आज बसेको पोखरेल समूहको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए सर्वसम्मत रूपमा विश्वासको मत

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेसँगै उहाँले सर्वसम्मत विश्वासको मत पाउनुभएको...

सुशीला कार्की नेतृत्वको सरकारको सय दिन पूरा, चुनाव तयारी र वित्तीय सुशासनमा प्रगति

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ। नवयुवा आन्दोलनपछि भदौ २७ गते गठन भएको सरकारको सय दिन पूरा भएको अवसरमा राष्ट्रका...

राष्ट्रपति पौडेलद्वारा चुनावसम्बन्धी अध्यादेश जारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको...

देउवाले बोलाए शीर्ष नेताहरूसँग छलफलका लागि बैठक

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष चार नेतासँग छलफलका लागि बैठक बोलाएका छन्। शनिबार बिहान ९ बजे बस्ने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय...

एमाले राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित हुनेछ: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्नु अहिलेको कार्यनीतिक गन्तव्य भएको बताएका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमार्फत एमालेले...