८ दलको संयुक्त विज्ञप्ति: संसद् विघटन अलोकतान्त्रिक, सडकबाट बनेको सरकार अस्वीकार्य

काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनप्रति गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलका प्रमुख सचेतकहरूले संयुक्त वक्तव्य जारी गर्दै संसद्...

आइतबारबाट विद्यालयहरू खुल्ने, पठनपाठन सोमबारबाट

काठमाडौं – जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौं लगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्न थाल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो...

एमाले अध्यक्ष केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा कर्तव्यज्यान मुद्दामा जाहेरी

बुटवल – जेनजी पुस्ताका युवाको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। पूर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख...

डा.शेखर कोइरालाले भने – देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले...

संसद् विघटन कदमको कडा विरोध गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनको कदमको कडा विरोध गर्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : शान्ति, संविधान र लोकतन्त्रको पक्षमा, संसद् विघटनको विपक्षमा

काठमाडौँ । शुक्रबार साँझ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको उक्त बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित...

प्रधानमन्त्री कार्कीको निर्णय ऐतिहासिक, आन्दोलनको मर्मसँग मेल खाने कदम

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री सुशिला कार्कीलाई हिजो मन्त्रिपरिषद् गठनमा तत्काल निर्णय नगरी गहन विचार–विमर्श गर्ने निर्णयप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले कार्कीको यो कदम जेन–जी आन्दोलनको मूल मर्मसँग...

जनार्दनको टिप्पणी- संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार भएको आरोप लगाएका छन्। उनले पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्ने भएपनि...

लुटपाट गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न प्रशासनको आग्रह

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गरिएका सामग्री सात दिनभित्र फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले सो सूचना जारी गर्दै आन्दोलनको दौरानमा...

नेपालको अन्तरिम सरकार गठनमा भारतको स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालको नयाँ...

माओवादी केन्द्रले भन्यो – संसद् विघटनप्रति गम्भीर असहमति छ

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं...

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथमा देखिएनन् ओली, देउवा र प्रचण्ड

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि...