मतदान अन्तिम चरणमा, सभापतिको मतगणना आजै रातिबाट सुरु गरिने, अरु ड्रम सानेपा लगिने

काठमाडौँ – नेपाली काँग्रेसको नयाँ नेतृत्व सहित कार्यसमिति चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार अब करिब ५०० मत खस्न बाँकी रहेको छ भने मतदान...

 पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण : विवेकशील साझा

काठमाडौँ – विवेकशील साझा पार्टीले  पुँजी बजारबारे पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण भएको बताएको छ । सोमबार पार्टीले विज्ञप्ति जारी गर्दै पुँजी बजारबारे प्रचण्डले दिएको अभिव्यक्ति गैह्र...

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकारहरुले गरे क्यामरा डाउन

काठमाडौँ – प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् । साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न...

राष्ट्रपतिबाट जुम्ला एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको शुभारम्भ

जुम्ला– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले रु ७६ करोड लागतमा निर्माण...

मतपत्र छाप्न ढिला हुँदा समयमै मतदान सुरू हुन सकेन

काठमडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन् । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।...

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् ।...

एमाले : स्थायी कमिटीका लागि २६ जनाको नाम प्रस्ताव (सूचीसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय...

काँग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ। सभापतिसहित...

आफ्नालाई काखा र अरूलाई पाखा

काठमाडौं – नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा...

काठमाडौं महानगरपालिकाका मेयर शाक्य फेरि मेयरमा उठ्ने संकेत

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा...

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँने भएको छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । एक...

एमाले पोलिटब्यूरो सदस्य चयन तथा केन्द्रीय सदस्य मनोनित (सूचिसहित)

काठमाडौं- नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ । केन्द्रीय कमिटी बैठकले...