पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ— सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गर्दै...

भिजिट भिसा प्रकरणमा तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल

काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण राजनीतिक छलफल जारी छ। पछिल्लो समय चर्किएको भिजिट भिसा प्रकरणको सन्दर्भमा भएको यो छलफलमा सत्तारुढ...

ओलीको ‘झोले’ घोषणाले एमालेमा नयाँ प्रचार अभियानको रूप लियो

काठमाडौं – नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको एक वक्तव्य अहिले राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ। जेठ १७...

राइड सेयरिङविरुद्ध आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता

काठमाडौं – राइड सेयरिङविरुद्ध देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको छ। सोमबार बिहानदेखि देशभर सार्वजनिक यातायात बन्द गराएर दबाब सिर्जना गरेका व्यवसायीहरूसँग गृह...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको...

“दरबार हत्या काण्डको २४ वर्ष: सत्यको खोजी र इतिहासको पाठ”

आज जेठ १९, २०८२। नेपालको इतिहासमा कालो दिनको रूपमा चिनिने दरबार हत्या काण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको यो भयानक घटनाले...

देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्दमा, ग्यारेजमै थन्किने सवारी साधन

काठमाडौँ  — सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर अनिश्चितकालीन रुपमा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर...

मनसुन कोशीमै सीमित, बाँकी भू-भागमा फैलिन अझै केहि समय लाग्ने

काठमाडौं — हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने शुक्रबार नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशमै सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

उपत्यका बन्दको घोषणा फिर्ता, यस्तो छ विज्ञप्ती

काठमाडौं – राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई...

बन्दमा सहभागी नहुने निर्णय राप्रपाको, लिङ्देनको वक्तव्य सार्वजनिक

काठमाडौं — काठमाडौं उपत्यकामा घोषित बन्द कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक वक्तव्य जारी गर्दै उक्त कार्यक्रममा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट...

हामी देश छाडेर भाग्दैनौ, एक थोपा रगत भएसम्म देशका लागि लड्छौँ-राधिका शाक्य

काठमाडौँ- प्रथम महिला राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्यै नभाग्ने बताउनुभयो । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले शरीरमा एक थोपा रगत...

राप्रपा अध्यक्ष कमल थापासहित ७ जना रिहा, एक जना अझै हिरासतमा

काठमाडौं – आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ जनामध्ये...