दार्चुलामा कोरनाको संक्रमण छैन, मिडियाहरुले अपवाह फैलाए, नआत्तिन डाक्टरहरुको सुझाव

दार्चुला – दार्चुलामा हालसम्म कुनैपनि व्यक्तिमा केभिड १९ अर्थात् कोरोेना भाइरसको संक्रमण नदेखिएको नेपाली चिकित्सकहरुले बताएका छन् ।

हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । ‘हालसम्म दार्चुलामा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन, कोरोनाको संक्रमणको सम्भावाना न्युन छ’ जनस्वास्थ्य अधिकृत भट्टले भने, ।
‘न्युज पीथौरागढ टिभी’ नामक अनलाईन मिडियाले दार्चुलाका एक युवामा कोरोना लक्षण देखिएको भन्ने समाचार प्रकाशित गरेपछि नागरिक स्तरमा त्रास फैलिएको छ । उक्त समाचार पश्चात् दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्र झन् त्रसित बनेको छ । यस्तै केहि नेपाली अनलाईन मिडियाहरुले पनि भारतीय मिडियालाई श्रोत बनाएर समाचार सम्प्रेषण गरेका छन् ।

तर भारतीय मिडियाले लेखेको समाचार जस्तो सत्यता नभएको नेपाली चिकित्सकहरुले बताएका छन् । भारतीय मिडियाले लेखेको समाचार निराधार र अफबाह भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले स्पष्ट पारे । ‘भारतीय मिडियाले अफबाह फैलाइदियो, सत्यता केही छैन, झन् दार्चुलामा त्यस्तो संक्रमणको सम्भावना पनि न्युन छ तर सतर्कता अपनाउनु उपयुक्त हुन्छ’ उनले भने ।
जिल्ला अस्पताल दार्चुलामा उपचारत ती युवाको पिसाबमा संक्रमण देखिएको र कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो । काठमाण्डौ एक होटेलमा काम गर्दै आएका ती युवक घर आएपछि एक महिनादेखि ज्वरो आएकै भरमा कोरोना संक्रमण भन्न नमिल्ने डाक्टर दुवालको भनाई छ । रुघाखोकी लाग्दैमा पनि कोरोना भन्न नमिल्ने भन्दै प्रयोगशालाबाट प्रमाणित हुनुपर्ने उहाँको तर्क छ । ती युवालाईृ एक महिनादेखि ज्वरो आएको भएपनि कोरोना भाइरसको संक्रमण भएको शंका गर्ने खालका कुनै लक्षण नदेखिएको डाक्टर दुवालको भनाई छ ।

कोरोनाको संक्रमण फैलिएका शहरहरुमा भ्रमण गरेका व्यक्तिसंगको सम्पर्क बिना नै कोरोनाको संक्रमण नहुने चिकित्सकहरुको भनाई छ । भीडभाडमा नजान, सरसफाईमा ध्यान दिन र बाहिर हिड्दा मास्क प्रयोग गर्न उनीहरुले सुझाव दिएका छन् ।

 

Source : nayanepal FM

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्