भारतका लागि नेपाली राजदूत आचार्य र मोदीका सुरक्षा सल्लाहकार डोभलबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गर्नुभएको छ ।

माघ २२ गते डोभलकै कार्यालयमा राजदूत सल्लाहकारबीच कुराकानी भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा दुई देशबीच मित्रवत सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री मोदीको क्याविनेटमा डोभललाई सबभन्दा शक्तिशाली मानिन्छ । उनी प्रधानमन्त्री मोदीका सल्लाहकार भएपनि एउटा क्यविनेट मन्त्रीको हैसियत दिइएको छ ।

नेपाल मामिलाका जानकार समेत रहेका डोभलसँगको भेटका विषयमा थप बुझ्नका लागि आचार्यलाई पटक पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्