काठमाडौं, भदौ ५ । अर्किड आइडल नृत्य प्रतियोगिता–२०८३ (OIDC–Season XIII) को छनोट चरण (Qualifying Round) उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। काठमाडौंको कागेश्वरी मनोहरा, गोठाटारमा रहेको अर्किड प्युपल सेकेन्डरीको आयोजना आयोजित प्रतियोगिताको छनोट चरणमा विभिन्न उमेर समूहका ९६ जना प्रतियोगीले उत्साह, ऊर्जा र उत्कृष्ट नृत्य प्रस्तुतिसहित सहभागिता जनाएका छन्।
प्रतियोगितामा सहभागी सबै प्रतियोगीले आफ्नो प्रतिभा, मेहनत र आत्मविश्वास प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक र रोमाञ्चक बनाएका थिए। छनोट चरणबाट उत्कृष्ट प्रस्तुति दिने प्रतियोगीहरू आगामी चरण सेमिफाइनलका लागि छनोट भएका छन्।

विद्यालय परिवारले सेमिफाइनलमा प्रवेश गर्ने सम्पूर्ण प्रतियोगीलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ। विद्यालयले प्रतियोगितालाई विद्यार्थीको नृत्य प्रतिभा पहिचान गर्ने, आत्मविश्वास बढाउने तथा सिर्जनशीलता विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले विद्यार्थीभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रतिस्पर्धासँगै विद्यार्थीको प्रतिभा, अनुशासन र आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

त्यस्तै, विद्यालयका प्रिन्सिपल सिबी कार्कीले ९६ जना प्रतियोगीको उत्साहपूर्ण सहभागिताले विद्यालयमा नृत्य तथा सिर्जनात्मक गतिविधिप्रतिको आकर्षण बढ्दै गएको देखाएको बताउनुभयो। उहाँले छनोट चरण पार गरी सेमिफाइनलमा प्रवेश गर्ने प्रतियोगीलाई थप मेहनत र आत्मविश्वासका साथ उत्कृष्ट प्रस्तुति दिन आग्रह गर्नुभयो।
विद्यालय संयोजक नरेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको छनोट चरण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी चरणहरूलाई अझ व्यवस्थित र उत्साहपूर्ण रूपमा सञ्चालन गरिने जानकारी दिँदै प्रतियोगीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरको भरपूर उपयोग गर्न आग्रह गर्नुभयो।

विद्यालय परिवारले प्रतियोगितामा सहभागी सबै ९६ जना प्रतियोगीलाई धन्यवाद तथा बधाई दिँदै उत्कृष्ट प्रस्तुति सहित सेमिफाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूलाई विशेष शुभकामना व्यक्त गरेको छ।
अर्किड आइडल नृत्य प्रतियोगिता–२०८३ को सेमिफाइनल भदौ ९ गते र फाइनल भदौ १६ गते आयोजना हुने विद्यालयले जनाएको छ। प्रतियोगिताको फाइनलमा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने प्रतियोगीबाट अर्किड आइडल छनोट गरिनेछ।




