ग्यास अभावको हल्ला नगर्न आयल निगमको आग्रह, सहज आपूर्ति मिलाउन उद्योगीलाई निर्देशन

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगीहरूलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा निगमले १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री वितरण सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आएको उल्लेख गर्दै उद्योगीहरूलाई आपूर्ति नियमित र सहज बनाउन अनुरोध गरेको हो।

निगमले ग्यास विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न पनि निर्देशन दिएको छ।

यस्तै, ग्यास उपलब्ध नभएमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट पार्दै आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्