जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जनकपुरधाममा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु हटाइएको छ। शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सद्भाव र्‍याली शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाउने निर्णय गरिएको हो। अब अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा भने कायम रहनेछ।

सुनसरीको देवानगञ्जमा भएको घटनापछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

स्थानीय प्रशासनले नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।

यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्