ललितपुरको बाहिरी चक्रपथ विस्तारले कृषि र पर्यटनमा नयाँ सम्भावना

ललितपुर – बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय, ललितपुरले दक्षिण ललितपुरका ग्रामीण क्षेत्रलाई लक्षित गर्दै बाहिरी चक्रपथ तथा प्रदेश सडक स्तरोन्नतिका योजनालाई तीव्र गतिमा अघि बढाएको छ। कार्यालयका अनुसार यी सडक आयोजनाले कृषि उत्पादनको बजारीकरण, स्थानीय आवागमन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

बगुवा–प्युटार–अस्राङ–गिम्दी–ठूलादुर्लुङ सडक अथवा ललितपुरको बाहिरी चक्रपथ भनेर समेत अगाडी सारियो यो आयोजनाले दुर्गम बस्तीलाई सहज यातायात पहुँचमा ल्याउने विश्वास गरिएको छ। कार्यालयका अनुसार सडक स्तरोन्नति सम्पन्न भएपछि कृषकले तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपज सहज रूपमा बजारसम्म पुर्‍याउन सक्नेछन्। यसले ढुवानी लागत घटाउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, दक्षिण ललितपुरका प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रसम्म सहज पहुँच स्थापित हुने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने कार्यालयको विश्वास छ। गुणस्तरीय सडक पूर्वाधारमार्फत कृषि, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई सुदृढ बनाउने लक्ष्यका साथ योजनाहरू कार्यान्वयन भइरहेको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्