प्रमुख निर्वाचन आयुक्त कार्कीसहित दुई आयुक्तले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरू गुरुप्रसाद वाग्लेडा. राजीव सुब्बाले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यसलगत्तै प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बालाई शपथ गराएका थिए।

यसअघि शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका थिए। प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ बिहीबार सम्पन्न भएको थियो भने निर्वाचन आयुक्त वाग्ले र सुब्बाको सुनुवाइ मंगलबार भएको थियो। शपथसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्