सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषी जोसुकै भए पनि कानुनी दायरामा आउँछन् : प्रधानमन्त्री बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले गरिने बताएका छन्।बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइने स्पष्ट गरेका हुन्।

‘म सम्पूर्ण नागरिकलाई विश्वास दिलाउन चाहन्छु, यो घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री शाहले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।’ प्रधानमन्त्री शाहले सरकारले सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता दोहोर्याउँदै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्