काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकसित सुरक्षा तथा सामाजिक परिस्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्बोधनमार्फत सुनसरी घटनापछिको अवस्था, सामाजिक सद्भाव कायम राख्ने विषय, शान्ति–सुरक्षा, सरकारको आगामी कदम तथा नागरिकलाई संयमता अपनाउन गरिएको आग्रह समेटिने अपेक्षा गरिएको छ। सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि विभिन्न स्थानमा तनाव उत्पन्न भएपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ। यसैबीच प्रधानमन्त्रीको राष्ट्रका नाममा हुने सम्बोधनलाई वर्तमान परिस्थितिबारे सरकारको औपचारिक धारणा र सन्देशका रूपमा हेरिएको छ।



