फागुन २१ को निर्वाचन – कविता
आयो खेल खेलाडी उत्रन गए यो खेल मैदान मा ।
तेइस चौविस भाद्र सम्झनु कठै उत्रेर मतदान मा ।।
नेपाली हरुकि पवित्र जननि यिं रक्त लज्जित भइन।
रोइन धेेर सपुत का मरणले अपराध हेरि रहिन् ।।
आमाको कोख रित्तियो दमनले सिन्दुर कति पुच्छियो।
कोमल बालक जेन्जिका रगतले माटो पनि मुच्छियो।।
गर्नोस होस नेपालि हो यसघरि छानौं गुणि सज्जन।
मासु भात माहा नफाल मत यो त्यागौ सबै दुर्जन।।
सच्चा सेवक छान्नु पर्छ अब है हे राष्टको सन्तति।
हेर्नु छैन नेपालिले अब उपर यो राष्ट्र को दुरगति।।
चौरासी कसरि घटेर दुइ कम अहिले बयासि भयो।
चौरासि त बयासि नै हुन् गयो को दोषी यसमा रह्यो।।
ख्याल राखैं जननि करोड जनकि अहिले बिपत मा छन।
जन्मेन् इनका सपुत उदरमा ग्यानि गुणि सज्जन।।
निष्कर्षी अगुवा चुनौ सब मिलि यो राष्ट्र डोर्याउने।
को होला निमुखा नेपाली हरुको यो भाग्य कुराउने।।
उत्तर को पर्खाल हिमचुली त्यसलाई हांसाउने।
महाभारत मध्य मा छ यसको त्यसलाई रसाउने।।
दक्षिण फाट तराई को छ यसमा धेर अन्न उब्जाउने।
कोशि गण्डकी कालि का लहर यीं उ छाल कर्णाली को।।
प्यारो राष्ट बचाउन्या कुन हो हिदुत्त प्रणाली को।।
आउ दैन मुलुकमा मुलुक कसैगरि श्री जङ्ग बहादुर।
पर्खी दैन महेन्द्र नै मुलुकमा राजा पनि आखिर।।
जिम्मा राष्ट नेपाल कै भर महा सरा विबेकि बन।
प्यारो राष्ट जोगाउन मुलुकमा छानौ गुणि सज्जन।।
आमाको निज गर्वमै भ्रुणले प्रदेश ताक्ने कठै।
नेता भोग विलास मा मगन भइ यो देश हाक्ने कठै।।
यो अन्याय असहय भो मुलकमा जागौ सबै यो घरि।
यसपाली सबले विचार गर्नु को राष्टको हो अरि।।
निष्कर्षी अगुवा करोड जनको यो राष्ट्र को नायक।
छानौ आज बखत पनि पुगि गयो राष्ट निर्णायक।।
एक्किस फागुन नजिकै पुगि गयो आयो सुनौलो घरी।
छानि छानि पठाउनु लिडर यीं सम्पुर्ण राष्टै भरि।
जय नेपाल।
कबि/रचनाकार- रेवाधर जोशी लेकम २ कैनोडा
भु पू शिक्षक, हुनैनाथ मा .वि रातमाटा।







