काठमाडौं – कोरोना महामारीको विश्व संकटकाबीच सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७७÷७८ बजेट प्राथमिकताका आधारमा मुलुकको अर्थतन्त्र उत्थानका लागि केन्द्रित हुने सरकारले जनाएको छ । आइतबार सङ्घीय संसदमा आगामी वर्षको बजेटको नीति तथा कार्यक्रमको छलफलमा अर्थमन्त्री डा.युवराज खतिवडाले विनियोजन विधेयक २०७७ पेश गर्दै कोरोनाका कारण शिथिल भएको मुलुकको अर्थतन्त्र उत्थानकै लागि बजेट केन्द्रित हुने जनाएका छन् ।
सो क्रममा अर्थमन्त्री खतिवडाले आगामी वर्षको बजेट वितरणमुखी नभए प्राथमिकताका आधारमा बजेट तयार गर्न सरकार लागि परेको बताए । विपदको समयमा केन्द्रित बजेटले सोही कार्य नीतिलाई निदृष्ट गर्दै बजार सन्तुलन, निजी क्षेत्रको प्राथमिकिकरण, आर्थिक उपार्जनका लागि कृषि र युवा रोजगार कार्यक्रमहरुमा केन्द्रित हुने बताए ।
कोरोनाले नेपालको अर्थतन्त्रसँग टुटेको सम्बन्ध स्थापित गर्ने अवसर दिएकोमा सरकारले सो अवसलाई सदुपयोग गर्दौ कृषिलाई सर्वोपरीमा राख्दै आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याउने बताए ।
डा. खतिवडाका अनुसार आगामी बजेटमा यी विषयले प्राथमिकता पाउनेछन् :
–विकास सुशासन र कोरोनाको माहामारीबाट बच्न विपदको व्यवस्थापन र पूर्वतयारीतर्फ बजेट उन्मुख हुने
–अर्थतन्त्रमा देखिएको शिथिलताको अन्त्य गर्ने र स्थायीत्व सहित आर्थिक वृद्धिमा जाने
– रोजगारी र खाद्य सुरक्षामा जोड दिने
–उत्पादनका साधनमा सबै नागरिकको सहभागी बनाउने
–सुविधाविहीन र कमजोर वर्गलाई विशेष व्यवस्था गरिने
–द्रुत विकास गर्न आगामी बजेट ल्याइने
–निजी क्षेत्रको व्यवसायलाई असर कम गर्न कर सहुलियत दिइने
–रुपान्तरणकारी आयोजनाको लागि साधनको कमी हुन नदिने
–राजस्व प्रणालीलाई प्रगतिशिल र मर्या्दित बनाउने
–आन्तरिक आयलाई प्राथमिकता दिइने
–आन्तरिक स्रोतको परिपूर्तिका लागि अन्तर्रा्ष्ट्रिय सहायता परिचालन गरिने
–निजी क्षेत्रको लगानी र व्यवसया प्रवद्र्धन गरिने
–राहत र आर्थिक पूनःउत्थानमा जोड
– मूल्यवृद्धिलाई सीमाभित्र राखिने
–बैंकिङ क्षेत्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गरिने
–संघ प्रदेशको समन्वयमा स्वस्थ्य प्रणालीमा प्राथमिकता दिइने
–सबै नागरिकलाई साक्षर बनाइने
–माध्यमिक तहलाई प्राविधिक तथा व्यवसायिक बनाइने
–खेलकुद निर्माणाधिन राष्ट्रिय पूर्वाधार सम्पन्न गर्न जोड दिइने
– भूमिहिन किसान र सुकुम्बासीलाई भूमिको पहुँचमा पुर्याइने
–वैदेशिक रोजगारबाट फर्कनेलाई साना घरेलु तथा मझौला उद्यममा समावेश हुन प्रेरित गरिने
–श्रमिकको पारिवारी र सामाजिक आर्थिक पक्षमा ध्यान दिइने
–श्रम मुलक प्रविधिमार्फत् रोजगारको व्यवस्था गरिने
–अर्थतन्त्रलाई गतिशिल बनाउन उत्पादनशील उद्योगमा जोड दिइने
–सामाजिक सुरक्षाका कार्यक्रमलाई योगदानकमा आधारित बनाइने
– कृषकको आयस्तरमा सुधार गरिने
–भूमि बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने, चक्लाबन्दीलाई निरुत्साहन गरिने
–जनअनुमोदित बामपन्थी घोषणापत्र र पन्ध्रौँ योजनाले लिएका लक्ष्यमा विशेष ध्यान दिइने
–निर्यातमूलक उद्योगलाई सहायता दिइने
–आन्तरिक पर्यटनमार्फत स्थानीय उत्पादनलाई जोड दिइने
–जलस्रोतको दिगो र बहुआयामिक हुने गरि बजेट विनियोजन गरिने
–आधुनिक र स्वच्छ उर्जामा सबैको पहुँच बनाउन योगदान गरिने
–विद्युत आपूर्तिलाई भरपर्दो बनाइने
–सुरुङ मार्ग, जलमार्ग, रेलमार्गको कार्यान्वयनलाई निरन्तरता दिइने
–आगामी आवभित्र भूकम्प सम्बन्धि पूनर्निर्माण सक्ने
–आयोजनाको नतिजा हेरेर बजेट दिइने
–डिजिटल नेपालको अवधारणा अघि बढाइने
–लगानी नयाँ र वित्तिय उपकरण ल्याउन प्रोत्साहन गरिने
–सार्वजनिक खर्चको प्राथमिकिकरण गरिने
–अति आवश्यक भएमात्र नयाँ आयोजनामा बजेट दिइने
–विदेशी सहायता लाई स्वास्थ्य क्षेत्रको विकासमा परिचानल गरिने
–आन्तरिक राजस्व बढाउँन कारको दायरा र दर विस्तार गरिने
–आगामी बजेट कोभिड १९ ले पारेको प्रभावको पुर्नउत्थान, रोजगारीको सृजना, सबै क्षेत्रमा आधुनिक प्रविधि, समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउन केन्द्रित हुने






