काठमाडौं – चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।