सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छः मन्त्री चौधरी

 

काभ्रेपलान्चोक२ जेठ । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएका छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

मन्त्री चौधरीले संघीय शिक्षा ऐन संघप्रदेश र स्थानीय तह तीन तहको सरकार जिम्मेवार हुने गरी आउनुपर्ने बताउनुभयो छ । ऐन अहिले संसद्‍मा रहेको भन्दै उहाँले सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्‍मा दर्ता भएको बताउनुभयो ।

संघीय शिक्षा ऐन संसद्‍मा छ । सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्मा दर्ता भएको छ । संघीय शिक्षा ऐनभित्र तीन तहको सरकार जिम्मेवार हुने गरी समेटिनुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिइएको अवस्था छ । तर त्यसभित्र पनि केही गुनासाहरू प्राप्त भएका छन् । त्यसलाई पनि सम्बोधन हुने गरी ऐन आउनुपर्छ ।

स्थानीय निकायहरूले सामुदायिक विद्यालयलाई समेत प्रभावित पार्ने गरी विभिन्न नियमहरू लगाउने प्रवृत्ति पनि बढेको भन्दै उहाँले ती कुराको सम्बोधन हुने गरी ऐन आउनुपर्ने बताउनुभयो ।

शिक्षकहरूलाई राजनीतिक दलमा लाग्न दिइनुहुँदैन भन्ने कुरा शिक्षामन्त्रीले अगाडि सारेको भन्दै उहाँले शिक्षालाई संघीयप्रदेश र स्थानीय तीनै सरकारबिच कसरी समन्वय गरेर लैजान सकिन्छ भनेर ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

सबै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सबैको भूमिका हुनुपर्ने भन्दै उहाँले कुनैपनि बालबालिकालाई बालश्रममा लाग्नबाट रोक्नुपर्ने बताउनुभयो । सबै बालबालिकाले शिक्षा पाउनुपर्छ । उनीहरूलाई कुनैपनि बहानामा श्रममा लगाउन पाइँदैन । जुन कुरा सरकारको नीति तथा कार्यक्रममा पनि केही कुरा समेटिएको छ’, मन्त्री चौधरीले भन्नुभयो ।

किशोरीहरूको आत्म रक्षाका लागि सबैले अनिवार्य रूपमा आत्मरक्षा तालिम लिनुपर्ने मन्त्री चौधरीको भनाई थियो । विद्यालय शिक्षा जस्तै किशोरीहरूका निम्ति आत्मरक्षा प्रशिक्षण पनि जरुरी विषय हो’, उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले पनि किशोरीहरूलाई आत्मरक्षा तालिम भनेर केही कार्यक्रम सञ्चालन गर्ने गरेको छ । किनभने किशोरीहरूमाथि हुनसक्ने विभिन्न हिंसाको अन्त्यका लागि त्यो कार्य जरुरी छ ।

अहिलेको अवस्थामा प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना दर न्यून भएको भन्दै मन्त्री चौधरीले सरकारमा आबद्ध भएका व्यक्तिहरूका विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना गर्नै पर्छ भन्ने अवधारणा पनि ल्याउन आवश्यक रहेको बताउनुभयो ।

सँगै मन्त्री चौधरीले पढ्दापढ्दै बिचैमा विद्यालयकलेज छाड्ने विद्यार्थीहरूको सङ्ख्या शून्य बनाउनका निम्ति सबै लाग्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले हाम्रा पाठ्यक्रम जीवन उपयोगी हुन नसकेका कारण पनि समस्या उत्पन्न भएको बताउनुभयो । एसइई दिइसकेपछि उच्च शिक्षा हासिल गर्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू आयआर्जनका निम्ति विदेश जाने देखिन्छ’, उहाँले भन्नुभयो, ‘हामीले पाठ्यक्रममा पनि केही सुधार गर्न आवश्यक छ । किनभने हाम्रा शिक्षा प्रणाली जीवन उपयोगी छैनन् । त्यसका निम्ति हामीले हाम्रो पाठ्यक्रममा परिवर्तन ल्याउन आवश्यक छ ।

विद्यालयहरूले नैतिक शिक्षामा पनि जोड दिन आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । ‘विद्यालयमा जाने विद्यार्थीहरूको केयर विद्यालयका शिक्षकहरूले त गर्छन् नै सँगै अभिभावकहरूले पनि मेरो बच्चाले के गरिरहेको छ भन्ने कुरा एकदमै ख्याल राख्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो ।

शिक्षण सिकाई विद्यार्थी केन्द्रित हुन आवश्यक रहेको भन्दै उहाँले अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

सामुदायिक विद्यालयको अवस्था कमजोर हुँदै गएको सन्दर्भमा राम्रा हुँदै गएको विद्यालय देख्न पाउनु निकै राम्रो कुरा भएको मन्त्री चौधरीले बताउनुभयो । सामुदायिक विद्यालयहरूको अवस्था यस्तो देख्न पाउनु निकै ठुलो कुरा हो । यो विद्यालयमा एक हजार जनाभन्दा बढी विद्यार्थीहरू रहेको सुन्न पाउँदा खुसी लागेको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले सामुदायिक विद्यालयप्रतिको गुणस्तरमा प्रश्न उठेको छ । विद्यार्थी सङ्ख्या पनि निकै घट्दै गएको अवस्था छ । यो विद्यालयको शिक्षण सिकाईविद्यालयको वातावरणका कारण विद्यार्थीको चाप रहेको पाइयो ।

मन्त्री चौधरीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा विद्यालयको प्रशंसा व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता सँगै ज्येष्ठ नागरिकहरूका निम्ति दिवा सेवा केन्द्र जस्ता कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

त्यस अवसरमा बोल्दै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाले सामुदायिक विद्यालयको सुधारका निम्ति आफूले लामो समयदेखि पहलकदमी गर्दै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले विद्यालयलाई अझ वैज्ञानिक शिक्षण सिकाई लागू गर्नका निम्ति शिक्षकको व्यवस्थापन लगायतका विषयहरू आवश्यक रहेको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्