सुशील सुवेदी
सिन्धुपाल्चाेक – काठमण्डौबाट पैदल हिँडेर ईन्द्रावती गाउँपालिकाको नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गरेको छ ।बुधबार विहान हिँड्दै नवलपुर आईपुगेका चौतारा साागाचोक गढी नगरपालिकाका १० जना र जुगल र बलेफी गाउँपालिकाका ३/३ जना गरी १६ जनालाई गाडि चढाई चौतारा पठाईएको ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनिहरुको स्वास्थ्य जाँच गरी खाना खुवाएर चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमनसिङ तामाङसँग समन्वय गरी पठाईएको तामाङले बताए ।