छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट

बझाङ –   राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४६.८१ अङ्क प्राप्त गरेर सुदुरपश्चिम प्रदेशमा नै पहिलो कार्य सम्पादन मूल्याङ्कन को आधारमा उत्कृष्ट पालिका भएको छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले  जानकारी दिनुभयो । जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेसगरे नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभावाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे  नगरेको लगायतका सूचक राखिएका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्