सुशील सुवेदी
सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि विदेशबाट आएका ३३ जनाको र्यापिड डाइगोनिष्टिक टेष्ट परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भारत लगायत अन्य तेस्रो मुलुकबाट इन्द्रावती गाउँपालिका आएका ३३ जनाको आरडीटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार गत चैत १ गतेपछि इन्द्रावती गाउँपालिकामा बिदेशबाट आएका २४ पुरुष र ९ महिलाको आरडिटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
“परिक्षण गरिएका सबैलाई गाउँपालिकाले स्वास्थ्यकर्मीको निगरानीमा राखेको थियो । लामो बाटो पार गरेर आएकाले नतिजा के आउँछ भन्ने खुल्दुली पनि थियो अब त्यो सकिएकोले ढुक्क लागेको छ,” अध्यक्ष तामाङले भने । तर सबैलाई अझै केही समय क्वारेन्टाइनमा नै रहन आग्रह गरेको उनले बताए ।