तेल अहिव, २३ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई कारबाही गर्ने चेतावनी दिएका छन ।
हमासलाइ झै हिजबुल्लाहलाइ पनि बिनाश गर्न जनाउँदै नेतान्याहुले आतंकवादी विश्वमा कतै पनि सुरक्षित नभएको बुझ्नु पर्नेसमेत जनाएका छन ।
‘म हिजबुल्लाहले हालैका महिनाहरूमा हमासले पहिले नै सिकेको कुरा सिक्न सुझाव दिन्छु, अब कुनै पनि आतंकवादी सुरक्षित छैनन,’ उनले भने ।
त्यसपछि उनले इजरायली सेनाको पहिलेको भनाइलाई प्रतिध्वनित गरे र उत्तरी इजरायलमा शान्त हुन आग्रहसमेत गरेका छन् ।
‘यदि हामी सक्छौं भने हामी कूटनीतिक माध्यमबाट गर्नेछौं र यदि त्यो भएन भने हामी अन्य तरिकाले पनि काम गर्नेछौं, तर यो स्पष्ट हुन जरूरी छ कि अब आतंकवादी कतै पनि सुरक्षित छैनन्,’ उनले भने ।
नेतन्याहुले मन्त्रिपरिषद्को बैठकमा युद्धका तीन लक्ष्यहरू पनि दोहोर्याएका छन । उनका अनुसार हमासको उन्मूलन, सबै इजरायली बन्धकहरूलाई फिर्ता गर्ने र गाजाले अब इजरायलको लागि खतरा गराउने छैनन भन्ने सुनिश्चतता दिलाउने दिशमा अघि बढिरहेको छ ।