प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार छैटौं जित

काठमाडौ, १२ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिता अन्तर्गत एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

 

विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको हो ।

 

एपीएफले दिएको १२८ रनको लक्ष्य पछाएको गण्डकीले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन मात्र बनाएपछि एपीएफ ५२ रनले विजयी भएको हो ।

 

यसअघि एपीएफले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

 

यो जितपछि एपीएफ प्रतियोगितामा अपराजित रहदै सबै ६ खेल जितेको छ । ६ खेलमा १२ अंक हासिल गरेको एपीएफले प्लेअफमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ ।

 

त्यस्तै यस खेलमा हार बेहोरेसँगै गण्डकी प्रदेश भने प्लेअफको दौडबाट बाहिरिएको छ । गण्डकीको ६ खेलमा २ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ ।

 

अब लिग चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले सुदूरपश्चिमको सामना गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्