टेस्ट क्रिकेट: दक्षिण अफ्रिकासँग भारत इनिंग र ३२ रनले पराजित

काठमाडौँ, १२ पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट खेलमा लज्जास्पद हार बेहोरेको छ ।

जारी टेस्टको तेस्रो दिन भारत दोस्रो इनिंगमा १३१ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकासँग एक इनिंग र ३२ रनले पराजित भएको हो ।

यसअघि दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिलो इनिंगमा १६३ रनको महत्वपूर्ण बढ्त लिएको थियो । दक्षिण अफ्रिकाले डीन एल्गरको १८५ रनको उत्कृष्ट ब्याटिंगको सहयोगमा ४०८ रन बनाएको थियो । त्यस्तै भारतले आफ्नो पहिलो इनिंगमा केएल राहुलको १०१ रनको शतकीय पारीको मद्दतले २४५ रन बनाएको थियो ।

योसँगै २ खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल जनवरी ३ देखि केप टाउनमा शुरु हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्