काठमाडौँ – भारतमा एकै दिन १ हजार भन्दा बढि मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा एकै दिन १ हजार ३४ जना कोरोनाका नयाँ वरामी फेला परेका छन् । अहिले भारतमा जम्मा ११ हजार ४ सय ८७ जना कोरोना संक्रमित छन् । कोरोनाबाट ३ सय ९३ जनाको ज्यान गइसकेको छ भने १ हजार ३ सय ५९ जना उपचारपछि निको भएकाछन् ।