दशै गइगै दुत्या आइगै हजारी फुलि गै ।
खबर छैन मेरि बैना काममा भुली है ।।
घर छैकी घरिना छैकी, रैबार नाइ आयो ।
सुकेरी छै मेरि बैना, परदेशी भाइ आयो ।।
यै पाली जस्यालै आए, घर ब्यवस्था गरि ।
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी ।।
धान बाली मकै बाली, थन्केकी भकारी ।
घरपरिवार लालाबाला, कसाछन सुकारी ।।
जन गरे खर काट्दा हतार, गरे रहे फाम ।
जति गर्या उत्तिकै हुदो, घरधन्दाको काम ।।
हजारीकि फुलभाडी, तेरा माइत्या माल ।
बैनाकि बुन्याकी माला, पर्खेछ यै साल ।।
दिन बार हेरि आए, माइत्या घर बैना ।
मगजकी पुरी भान्जी, हेर्दी होलि ऐना ।।
भानिजाकी तोते बोली, रिटन्छ आखामा ।
दिन रात गिन्ती गर्दै, भानिजिको मामा ।।
बारीकि सुन्तला दानी, असिनाले खायो ।
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो ।।
यइ महिना पच्चिस पैट बाटाे हेरिरौला ।
जनमाणे चिन्ता बैना, आदिबाटाे आउला ।।
फेसबुकका गित मार्फत, रैबार पठाया ।
मेरि बैना जल्ती आए, यतिकै अटाया ।।
लेखक विष्णु जोशी “अँठाेला” शैल्यशिखर ०७ दार्चुला, हाल शैल्यशिखर नगरपालिकामा सहायक चौथो पदमा कार्यरत छन् ।