आजदेखि लगातार तीन दिनसम्म बर्षा हुने, नदी, खोलामा बाढी आउने तथा पहिरो जाने खतरा

काठमाडाैं – आजदेखि लगातार तीन दिनसम्म बर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

नदी, खोलामा बाढी आउने तथा पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । गण्डकी प्रदेशका एक/दुई ठाउँमा राति नै आरीघोप्टे वर्षा हुने सम्भावना रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्