कञ्चनपुर – कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो। प्रहरीको अनुसन्धान पछि उनीहरुले दोहोरो नागरिकता लिएको खुलेको हो। उनीहरु कञ्चनपुरमा सोमबार पक्राउ परेका हुन्। उनीहरु विरुद्ध प्रहरीले थप अनुसन्धान गरिहेको जनाएको छ।