काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटि होटल (CITY) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। त्यसैगरी, कम्पनलाई सिआईटिवाई स्टक टिकर प्रदान गरिएको छ।