काठमाडौँ – जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ।
शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो । उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेकोथियो।
तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको प्रवक्ता निरौलाले बताए। उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए। जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर जाने तयारीमा छन्। इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए। जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको छ ।







