काठमाडौं – प्रहरीले चाबहिलको कपन सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आइरहेकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न व्यक्तिलाइ सार्वजिनक गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न व्यक्तिलाइ पक्राउ गरेको हो ।
हत्याको मुख्य उद्देश्य लुटपाट भएको निष्कर्ष निकाल्दै विनोद बिकलाई सार्वजिनक गरेको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनलाइ झापाबाट शनिबार पक्राउ गरेको थियो । एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको बताएका छन्।
वैशाख ७ निराको हत्यापछि उनको सिक्री लुट्नुका साथै १२ हजार रुपैयाँ लुटपाट गरेको एसएसपी आचार्यले बताउनुभयो । बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।