काठमाडौँ – तेक्वाण्डो आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले तेक्वाण्डो मास्टर टाइटल प्राप्त गरेका छन् ।
तेक्वाण्डो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गरेक हुन् । अध्यक्ष बस्नेतले दुई हप्ताको बिशेष तालिम पश्चात गत अप्रिल १७, २०२३ मा बेलायतको लण्डन स्थित आईटीएफÞ सेन्टरमा आईटीएफका भाइस प्रेसिडेंट ग्राण्डमास्टर ट्रेवर निकोल्सले लिएको परीक्षा उत्तीर्ण भई मास्टर टाईटल प्राप्त गरेका हुन् ।
विगत ३५ बर्षदेखि लगातार तेक्वाण्डो खेल विकासमा लागिपरेका बस्नेतले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विश्व तेक्वान्डो प्रतियोगीतामा समेत पदक जितेका थिए ।
उक्त ग्रेडिंग पश्चात तेक्वाण्डो आईटीएफÞ नेपालका खेलाडी गायजी खड़का अप्रिल २२, २३ मा अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न थर्ड ग्लोबल तेक्वाण्डो प्रतियोगीतामा सहभागी भएको र खड्काले इन्डिभिजुअल स्पेयरिंग माइक्रो वेट्मा रजत पदक जीतेका छन् ।
खेलको फाइनलमा खड्का अष्ट्रेलियन खिलाड़ी केभिन क्वाच संग पराजित भएका थिए । प्रतियोगिता पश्चात आयोजना भएको आईटीएफÞ हल अफ फेममा मास्टर बस्नेतले इंटरनेशनल एम्बेसडर अवार्ड, गायजी खड्काले इंडोमेटिएबल स्प्रिट अवार्ड र नेपाल कै सस्मन बस्नेतले आउटस्टैंडिंग ऐथलेट अवार्ड प्राप्त गरेका छन् ।