दार्चुलामा तुइन तर्नेक्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु

FILE PHOTO

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो तुइन तर्नेक्रममा ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ घुमका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको महाकाली नदीमा खसेर मृत्यु भएको हो ।

शनिबार दिउँसो बेपत्ता भएका भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । अहिले शव परिवारको जिम्मा लगाइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्